Connect with us

राजनीति

राज्य व्यवस्था समितिमा गृह मन्त्री जाने, तीन समितिको बैठक बस्दै

Published

on

संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय सिंहदरवारमा बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व. २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।

​गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । सो बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा जवाफ दिन गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।

उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.