Connect with us

राजनीति

‘कुलिङ अफ पिरियड’ मा भएको जालझेलबारे राज्य व्यवस्था समितिका सभापतिसँग सोधपुछ

Published

on

‘कुलिङ अफ पिरियड’ मा भएको व्यवस्था प्रतिनिधिसभा बैठकबाट अनुमोदन गराउँदा भएको जालझेल छानबिन गर्न बनेको समितिले राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ सुरू गरेको छ। सभामुख देवराज घिमिरेले कांग्रेस नेता एवम् सांसद जीवन परियार नेतृत्वको समिति गठन गरेका थिए । परियार नेतृत्वको त्यही समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडासँग सोधपुछ गरेको हो ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा आज बुधबार दिउँसो खतिवडासँग समितिले सोधपुछ गरेको हो । राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने व्यवस्था गरेको थियो। तर समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि कुलिङ अफ पिरियडसँग बाझिने गरी पुरानो विधेयकको व्यवस्था कायमै राखिएको विषय सार्वजनिक भएको थियो।

सांसदहरूले यसलाई षड्यन्त्रका रुपमा अर्थ्याएका थिए। उनीहरुले छानबिनको माग गरेपछि सभामुख देवराज घिमिरले प्रतिनिधि सभाबाटै समिति बनाएका थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.