संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय सिंहदरवारमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व. २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । सो बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा जवाफ दिन गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।
उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।