Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै

Published

on

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।

गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको  निमन्त्रणामा गत चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध रहे पनि नेपालको तर्फवाट सरकार प्रमुखको यो पहिलो औपचारिक भ्रमण हो । सो क्रममा  प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्सको उपस्थितिमा ८ बुदेँ समझदारी भएको थियो ।

प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.