Connect with us

समसामयिक

यात्रुलाई अपराधिक कुटपिट गर्ने चार ट्राफिक प्रहरीलाई कारबाही

Published

on

सामाजिक सञ्जालको महत्व कति हुन्छ ? फेरि एक पटक पुष्टि भएको छ । ट्राफिक प्रहरीले सर्वसाधारण यात्रुलाई सडकमा निर्घात कुटपिट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यस लगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवा, नयाँ सडकको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिएका छन् ।

अनुसन्धानका क्रममा गत मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका पुष्टि भएको थियो । कुटपिटको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो ।

“प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासे पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ ” प्रवक्ता गिरिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.