Connect with us

समसामयिक

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट

Published

on

जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट गरेको छ।

प्रहरीचौकी लंग्डा चौक र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले बिशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो।

गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३ बतरा ,५ टेढाकटी  ६ पटेर्वा गाउँ गरी ८ वटा रक्सी भट्टीमा छापामारी २५१ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताएका छन्।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले तस्करी, लागूऔषध, अबैध मदिराको कारोवार नियन्त्रण गर्न सञ्चालन गरेको अभियान अन्तर्गत कारवाही तीब्र बनाईएको जनाईएको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.