Connect with us

राजनीति

प्रचण्डले स्वागत गरे माओवादीमा फर्किएका नेता-कार्यकर्तालाई

Published

on

एकताको यात्रामा अघि बढ्न आह्वान

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्कनु भएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्। अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

“ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। यो सुरुआत हो,” प्रचण्डले भनेका छन् । उहाँले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।

“तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,” भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै, अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास गरे ।

उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउँदै, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन। अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ।”

प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै, अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए । “ पार्टी एकता र धुर्विकरणको वातावरण बनाउन, आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुबिचारित भूमिका खेलेको थिए,” उनले भने ।

कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले पुनर्मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गरे ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.