Connect with us

राजनीति

संघीय संसदका दुइ समितिको बैठक बस्दै

Published

on

 संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.