Connect with us

राजनीति

प्रकाशमान सिंहलाई सूर्य थापाको झटारोः पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

Published

on

प्यूठानबाट निर्वाचित नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा तथ्यपरक, प्रष्ट र खरो बोृेल्छन् , जगजाहेर छ, उनी सत्ता पक्षिय सांंसद हुन् । सत्तामा एमाले र कांग्रेस सत्ताधारीहरुकै ढलीमली चलिरहेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा सत्ताधारीमध्ये पनि प्रधानमन्त्री, मन्त्री र एकाध पहुँचवालाल नेताहरुले मनपरी रकम विनियोजित गरेका छन्, जसको आक्रोश संसदमा पोखिइरहेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद थापाले नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खरो झटारो हानेका छन् । हुन पनि सहरी विकास मन्त्रालयको बजेट विनियोजन गर्दा उपप्रधानमन्त्री सिंहले मनपरी दुरुपयोग गरेका छन् । सांसल थापाले सिंहको त्यही मनपरीतन्त्र विरुद्ध झटारो हानेका हुन् । थापाले प्रधानमन्त्री केृपी शर्मा ओलीलाई मन्त्रीहरूको मूल्यांकन गर्न पनि आग्रह गरेका छन् ।

भलै, ओलीले त्यस्तो मूल्यांकन गर्ने संभावना न्यून छ । किनभने मन्त्रीहरुलाई यस्तो पूर्वाग्रहपूर्ण बजेट विनियोजन गर्न सिकाउने प्रधानमन्त्री ओली नै हुन् । उदाहरणका लागि प्रधामन्त्री ओलीले पर्यटन, नागरिक उड्यनन तथा संस्कृति मन्त्रालयबाट झापा क्षेत्र नंं पाँचमा पाँच वटा योजनामा तीन तीन करोडका दरले १५ करोड विनियोजना गराएका छन् । जब कि अरु निर्वाचन क्षेत्रमा त्यस्तो बजेट शून्य छ ।

प्रधानमन्त्री नै निष्पक्ष नभएपछि त्यसको फाइदा वा सिको अरु मन्त्रीहरुले पनि उठाउने नै भए । त्यही फाइदा उठाउनेमध्येका हुने्, सरकारमा दोस्रो मर्यादाक्रममा रहेका उपप्रधान तथा सहरी विकास मन्त्री सिंह । प्रतिनिधिसभाको आजको बैठकमा सासद थापाले सहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यवस्त रहेको र एक हजारदेखिका योजना अगाडि सारेको भन्दै आक्रोश पोखे । उपप्रधानमन्त्री सिंहले सांसदले सिफारिस गरेका योजनामा विनियोजन नगरेको तर आफ्ना बुबाका नाममा बजेट राखेको भन्दै आपत्ति जनाए ।

उपप्रधानमन्त्री सिंह र कांग्रेसका मन्त्रीले संयुक्त सरकार बिर्सिएको पनि एमाले सांसद थापाले खुलासा गरे । ‘सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मानमा केही(केही जिल्लामा केही(केही छरिएको रकममा खोज्न खोजिएको पाए । प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन तर झन्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ, यो गतल भएको छ । यो खालको गर्नु गलत भएको छ’, थापाले भने, ‘सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिंग र अस्तव्यवस्त मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतितर ध्यान गएको छैन । स-साना टुक्रा र नेताको अझ आफ्ना पिताजीको, बजारमा त्यो पनि चर्चा छ है, नामका योजनाबाट देश अगाडि बढ्छ ?’

गणेशमान सिंहको अपमान हुने गरी सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सांसद थापाले झटारो हाने । ‘सांसदको सिफारिसका योजना, कार्यक्रममा मन्त्रालयको बजेट पार्नुहुन्न । नेविसंघ र तरुण दल खोज्दै हिँड्नुहुन्छ भने उपप्रधानमन्त्रीज्यू, यसले कुनै परिणाम निकाल्दैन । तपाईंको बजेट विनियोजनलाई सत्तापक्षका सांसदहरूले भन्नुभयो, मैले पनि भन्छु स्वतन्त्र एकेडेमिक व्यक्तिहरूबाट रिभ्यू गराउने हैसियत राख्नुहुन्छ ? म चुनौती दिन चाहन्छु, यो खालको स्थिति छ’, थापाको झटारो थियो ।

बजेट निर्माणका क्रममा ३ करोडभन्दा कमका योजना नराख्ने भनेपनि कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूले नमानेको सांसद थापाको दाबी थियो । ‘३ करोड भन्दा कमका योजना स्वीकार गर्न नपर्ने हो । सहरी विकास मन्त्रालयमा एक हजारदेखिका योजना छन् । यो केका लागि हो ? यो के जग हसाइँ हो, सहरी विकास मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको यो के हविगत हो ? के हैसियत प्रदर्शन गरेको हो ?सरकारको, प्रधानमन्त्रीको, अर्थमन्त्रीको, योजना आयोगको सिलिङको सीमा लागु हुन नपर्ने यो कस्तो तरिका हो ?’ थापाले सिंहलाई सोधे ।

थापाको थप भनाइ थियो, यो संयुक्त सरकार हो भन्ने अनुभूति गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको पार्टीले, प्रधानमन्त्री र अर्थमन्त्रीले भनेको मान्नुपर्ने, अरु चाहिँले मान्नु नपर्ने त्यस्तो हुन्छ ? सिलिङ त सबैका लागि होला नि, देशका लागि होला नि ?

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.