Connect with us

राजनीति

संसदको रोष्ट्रममा प्रधानमन्त्री उक्लिदा रास्वपाका सांसद बाहिरिए

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न रोष्ट्रममा उक्लिरहदा रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै वेल घेराउ गरिरहेका रास्वपाका सांसद प्रधानमन्त्री बोल्न थालेपछि बैठक छाडेर हिँडेका हुन्।

रास्वपाले १३ बैशाखदेखि गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध र बिहष्कार गर्दै आइरहेको छ । ंतर सरकार रास्वपाको माग अनुसार छानबिन समिति बनाउन तयार छैन। आजको संसद बैठकलाई रास्वपाभन्दा अघि नै राप्रपा सांसदहरूले बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओलीले संसदलाई आफ्नो स्पेन भ्रमणबारे जानकारी गराएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.