Connect with us

राजनीति

कुलिङ प्रकरण सच्याउने र छानबिन समिति बनाउने राज्य व्यवस्था समितिको निर्णय

Published

on

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गल्ती सच्याइदिन राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ । सभापति रामहरि खतिवडाले विधेयकको बुँदा नं ४३ मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय भएको बताए ।

बैठकको निर्णय जानकारी दिँदै खतिवडाले भने, ‘दफा ४ लाई निष्क्रिय गराउनेगरी सोही विधेयकको उपदफा ४ पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा ५ राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको प्रतिवेदनको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात हुनेगरी उपदफा थपि पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन समितिले उक्त ०८२ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न हार्दिक अनुरोध गर्ने निर्णय गरियो ।’

त्यस्तै, कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको चलखेल छानविन गर्न उच्चस्तरीय समिति बनाउने र त्यसको लागि सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने निर्णय पनि भएको छ । ‘उक्त कार्यमा को(को व्यक्तिको के कति गल्ती वा अपराध भएको हो त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसदका सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो’, खतिवडाले भने ।

यसअघि बैठकमा बोल्ने सबैजसो सांसदले यसमा खतिवडाको भूमिमामाथि शंका गर्दै पद छोड्न सुझाएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.