Connect with us

राजनीति

पूर्वराष्ट्रपति भण्डारीले सुविधा त्यागेको पत्र गृहमा दर्ता, आजैबाट कार्यान्वयन हुँदै

Published

on


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १८ असार १८ अर्थात आजकै दिनदेखि राज्यको तर्फबाट पाएका सबै सेवासुविधा त्याग गर्ने भएकी छन् । सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले लेखेको पत्र आजै गृह मन्त्रालयमा दर्ता भएको छ।

गृहमा पत्र दर्ता भएसँगै आज बुधबारदेखि नै उनले पाउँदै आएको स्वकीय सचिव, कार्यालय सहयोगीलगायतका लागि मासिक डेढ लाख रुपैयाँको नियमित सुविधा रोकिने गृहले जानकारी दिएको छ।

भण्डारीले सेवा सुविधा त्याग गरे पनि सुरक्षा भने त्याग्न नमिल्ने गृह स्रोतको भनाइ छ । अस्ति १४ असारमा पति मदन भण्डारीको ७४ ‍औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियसभामा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गराएको बताउँदै सक्रिय राजनीतिमा फर्किएको जानकारी दिएकी थिइन । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.