Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा बाढीबाट ४३ जनाले गुमाए ज्यान

Published

on

अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा हिजो शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार, बाढीमा परी अहिलेसम्म १५ बालबालिकासहित ४३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

केर काउन्टीका अधिकारीहरूले नदी किनारमा रहेको क्रिश्चियन युवा शिविरबाट २७ बालबालिका हराएको बताएका छन्। अहिलेसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। टेक्सासको हन्ट नजिकै ग्वाडालुप नदीको किनारमा रहेको शिविरका २७ जना अझै बेपत्ता छन्।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ। उद्धारकर्ताहरू बाढीले बगाएका मानिसहरूलाई खोज्न ग्वाडालुप नदीको तल/माथि गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले राष्ट्रपति ज्यान गुमाउनुहरुबाट स्तब्ध भएको बताउँदै पूर्ण संघीय सहयोगको वाचा गरेकी छन्।

मौसम पूर्वानुमानले यस क्षेत्रमा थप वर्षा र सम्भावित रूपमा थप बाढी आउन सक्ने संकेत गरेको छ। शुक्रबारको बाढीबाट अझै पनि प्रभावित केही क्षेत्रहरूमा १० इन्चसम्म वर्षा हुन सक्ने सम्भावना छ।

एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.