Connect with us

समसामयिक

भोटेकोसी बाढीले दुई सय सात मेगावाट विद्युत् उत्पादन ठप्प

Published

on

भोटेकोसी बाढीले क्षति पुर्याउँदा एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनाको उत्पादन ठप्प हुन पुगेको छ ।

चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका भनाइमा आज बिहानै भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। त्यहाँबाट उत्पादन हुने १११ मेगावाट जलविद्युत् अहिले पूर्णरुपमा ठप्प रहेको महर्जनले जानकारी दिए।

‘रसुवागढीसँगै ६० मेगावाट क्षमताको त्रिशूली(३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ,’ महर्जनले सञ्चारकर्मीहरुसँग भने, ‘बाढीले गरेको क्षतिको कारण आजबाट दुईसय मेगावाट क्षमताको प्रशारण लाइन पूर्णरुपमा अवरुद्ध छ।’

बाडीले नेपाल(चीनबीचको मितेरी पुल बगेको छ भने भन्सार यार्डमा राखिएका गाडीहरू पनि बगेका छन् ।

बाढीबाट १८ जना सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिइसकेका छन् । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, भन्सार यार्डमा कार्यरत ९ जनासहित १२ जना नेपाली र छ जना चिनियाँ नागरिक छन् ।

बाढीले धादिङको बेनीघाटसम्म क्षति पुर्याइसकेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.