Connect with us

समसामयिक

पहिरोले अरनिको राजमार्ग पूर्ण बन्द

Published

on

भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । आज बिहिबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।

सडक माथिबाट आएको पहिरोले सडक बगाएको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको छ । सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स आउजाउ रोकिएका छन् । त्यसको मार बिरामी, यात्रुलाई परेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले पहिरोले बन्द भएको सडक सूचारु गर्न काम थालिएको बताउनुभयो । सडक डिभिजनले डोजर लगाएर सडक खुलाउन लागेको छ । सो बन्द सडक सञ्चालनका लागि भोटेकोशी गाउँपालिका आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिरहेको पालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.