Connect with us

राजनीति

एमाले सचिवालयमा वरिष्ठ उपाध्यक्ष खारेज गर्ने विधान पेस, नेताहरुबीच उच्च ध्रुवीकरण

Published

on

नेकपा (एमाले) को सचिवालयमा निकै गरमागरम बहस भएको छ । आजको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको समितिले वरिष्ठ उपाध्यक्ष पद हटाएर पदाधिकारी संख्यामा भारी कटौतीको प्रस्ताव राखेपछि निकै गरामगरम बहस भएको हो ।

एमालेले आज विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो । बैठकमा नेताहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पेस भएको छ । उपाध्यक्ष पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।

एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । विधान संशोधन भए अध्यक्षसहित तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र पाँच सचिवको व्यवस्था गर्न खोजिएको छ । केन्द्रीय सदस्यको संख्या ठूलो मात्रामा कटौती गरी १९९ सदस्यीय रहने संशोधित विधान प्रस्तावमा उल्लेख छ ।

यस्तै विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । चितवनको सौराहामा भएको १० औं महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियो । यो बीचमा मनोनीत भएका समेत गर्दा अझ बढेको छ ।

प्रस्तावित विधानमा पदाधिकारी संख्यामा भारी कटौती गरिएपछि कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरुले असहमति जनाएका स्रोतको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.