Connect with us

राजनीति

बामदेव गौतमको अभियान आज नेकपा एसमा समाहित हुँदै

Published

on

 बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुँदैछ ।राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान नेकपा एसमा समाहित हुन लागेको हो । 

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै आज समाहित हुने भनेर नेकपा एसका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.