Connect with us

अन्तर्राष्ट्रिय

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

Published

on

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ । जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।

सावधानीका लागि रावलपिंडी जिल्ला प्रशासनले अगस्ट ४ देखि १० अगस्टसम्म कानून र व्यवस्था कायम राख्न धारा १४४ लागू गरेको छ । चार जनाभन्दा बढी भेला हुन, र्‍याली, विरोध प्रदर्शन वा प्रदर्शनमा पूर्ण रोक लगाइएको जनाइएको छ ।

 पीटीआईका समर्थकहरूले जेलबाहिर विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन्। यसैलाई मध्यनजर गर्दै कारागार प्रशासनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेको छ । खान रावलपिंडीको अदियाला जेलमा छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.