Connect with us

राजनीति

भोलि आइतबार रास्वपा सचिवालय बैठक बस्दै, हेर्नुहोस् एजेण्डा

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको बैठक आह्वान गरेको छ ।

पार्टी सभापति लामिछानेले भोलि (वैशाख ६ गते) दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालय बनस्थली चःमतिमा सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने बताइएको छ ।

प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि-२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन् ।

त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेण्डामा राखिएको छ । पार्टीले विज्ञहरू तथा परियोजना प्रस्तावका लागि आह्वान गर्ने विषयसमेत छलफलमा समावेश गरिएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि निर्णय हुने जनाइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.