Connect with us

अन्तर्राष्ट्रिय

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्राहलय बनाउने घोषणा

Published

on

 बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।

यो घर शेख हसिनाका पिता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गरेका थिए। पहिले यो ठाउँ इस्टेट राजबारी भनेर चिनिन्थ्यो।

गण भवन संसद भवन नजिकै राजधानी ढाकाको शेर–ए–बंगला नगरमा छ। बंगलादेश सरकारले यसलाई देशको नेताको आधिकारिक निवासको रूपमा प्रयोग गरिएको थियो ।

शेख हसिना २०१० मा यहाँ बस्न आएकी थिइन् र गत ५ अगस्ट २०२४ अर्थात १५ वर्षसम्म उनी त्यही घरमा नै रहिन् । गत वर्ष उनको विद्रोहको लगत्तै यहाँ ध्वस्त र लुटपाट सुरु भएको थियो ।

भीडले साडी, सजावटका सामान, घडी, सोफा, लग्जरी ह्यान्डब्याग, टेलिभिजन, माछा र महिलाको लुगा समेत लुट्यो । लुटपाटको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारीहरूले पछि लुटिएको सामान फिर्ता भएको दाबी गरेका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले गण भवनलाई शेख हसिनाको कुशासनको प्रतीक घोषणा गर्दै संग्रहालयमा परिणत गर्ने घोषणा गरेको जनाइएको छ । यो संग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा समर्पण गरिने युनुस सरकारले जनाएको छ ।

बंगलादेशको संस्कृति मन्त्रालयले यस संग्रहालयको व्यवस्थापनका लागि २०० पदहरूका लागि जागिर खुलाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.