दुई दशकदेखि विकासको मिठो नारा बनेको निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना हालसम्म ४६ प्रतिशत मात्रै निर्माण भएको छ । आर्थिक वर्ष २०६१र०६२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको भौतिक प्रगति ४६ प्रतिशत मात्रै रहेको हो ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना सुरु भएदेखि हालसम्मको खर्च २३ अर्ब ७७ करोड २९ लाख पुगेको बताए । हालसम्म कुल गुरुयोजनाको तुलनामा ४४ दशमलव ९५ प्रतिशत वित्तीय र ४६ प्रतिशत भौतिक प्रगति भएको आचार्यको भनाइ छ । चालु आर्थिक वर्षका लागि स्वीकृत गुरुयोजनाअनुसार तीन अर्ब ३० करोड ५९ ला बजेट प्रस्ताव गरिएको थियो । जसमध्ये आयोजनालाई एक अर्ब ५७ करोड बजेट प्राप्त भएको आचार्यले बताए ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको छ । त्यसमध्ये आर्थिक वर्ष २०२८र८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनको भनाइ छ ।
२०७०र७१ को आर्थिक वर्षमा सम्पन्न गर्ने हिसाबले आयोजनलाई १२ अर्ब ७७ करोड बजेट सुरुवातमा स्वीकृत भएको थियो ।
उक्त गुरु योजनाअन्तर्गत तीन चरणमा आयोजना सम्पन्न गर्ने कल्पना गरिएको थियो । पहिलो र दोस्रो चरणसम्मका कार्यका लागि १२ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको थियो । आयोजनाबाट बाँकेका १७ हजार परिवारका चार लाख कृषकले फाइदा लिने देखिन्छ । रासस