Connect with us

अन्तर्राष्ट्रिय

बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

Published

on

अमेरिकाको फ्लोरिडामा एक महिलाले आफ्नो बच्चा र ७ घरपालुवा कुकुरसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।

द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ३७ वर्षीया महिला जेसिका कोपल्यान्डले आफ्नो बच्चा र कुकुरलाई घरमा छोडेर दुई हप्तासम्म आफ्नो जन्मदिन मनाउन लस भेगास गइन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

जब अधिकारीहरूले घरमा प्रवेश गरे, उनीहरूले एक बालक  र ७  कुकुरहरू भेट्टाएकाे प्रहरीले जानकारी दिएकाे छ । जब प्रहरी त्यहाँ पुगे, उनीहरुको अवस्था निकै नाजुक थियो, भुइँमा जनावरको मल र फोहोर छरिएको थियो । कुकुरको अवस्था हेर्दा धेरै दिनदेखि खाना र पानी नपाएको जस्तो देखिन्थ्यो । प्रहरीले सार्वजनिक गरेको तस्विरमा कुकुरको करङ निस्केको देखाइएको छ ।

कोपल्याण्ड जब जुलाई २१ मा लस भेगास गएकी थिइन् र केही मानिसहरू उनलाई खाना दिन आउँथे। बालककाे उमेर खुलाइएकाे छैन ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.