Connect with us

अर्थ

साउनमा वैदेशिक रोजगारीमा जान ६८ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा बढी यूएई जाने

Published

on

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वैदेशिक रोजगारीमा जान ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०८२ साउनमा ९ हजार १६२ जना महिला र ५८ हजार ९४८ जना पुरुषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

साउनमा वैदेशिक रोजगारीका लागि विश्वका १०५ देशमा जानका लागि विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ का पहिलो महिना ९२०८१ साउन०मा ९३ देशमा वैदेशिक रोजगारमा जानको लागि आठ हजार १४५ जना महिला र ५१ हजार ४३० जना पुरुष गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही समयमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या आठ हजार ५३५ बढी रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना युनाइटेड अरब इमिरेट्स (यूएई) जान २३ हजार ८३८ जना, कतार जान १२ हजार ८४ जना, साउदी अरेबिया जान नौ हजार ८८५ जना, मलेसिया जान पाँच हजार ६२३ जना, कुवेत जान चार हजार ७० जना, जापान जान दुई हजार ३४० जना, क्रोएसिया जान एक हजार ४६२ जना र रोमानिया जान एक हजार २५ जनाले श्रम स्वीकृति लिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.