Connect with us

अर्थ

साउनको एक महिनामा एक खर्ब ४३ अर्बको वस्तु एवम् सेवा आयात, २३ अर्ब ९३ करोडको निर्यात

Published

on

चालु आर्थिक वर्ष ०८२/८३ को साउनको एक महिनामा मात्र एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँको वस्तु एवम् सेवा आयात भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को साउन महिनाको तुलनामा चालु वर्षको सोही महिनामा आयात रकम ११.४२ प्रतिशतले वृद्धि भएको हो ।

भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा एक खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । चालु आर्थिक वर्षमा निर्यात ९५.७५ प्रतिशतले बढेको छ । साउन महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । गत वर्ष नेपालबाट १२ अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

साउनमा कुल एक खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ । निर्यात कम हुँदा व्यापारघाटा भने दुई प्रतिशतले बढेको छ । गत वर्षको साउनमा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा रहेकोमा चालु वर्षमा २।५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० लाख रुपैयाँ पुगेको छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.९८ प्रतिशत छ । आयातको हिस्सा भने ८५.६७ प्रतिशत छ । गत वर्षको साउनमा आयातको हिस्सा ९१.३० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.७० प्रतिशत थियो । निर्यातमा केही सुधार देखिँदा कुल वैदेशिक व्यापारको आयात निर्यात हिस्सामा परिवर्तन देखिएको भन्सार विभागको विवरण छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.