भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा सामग्री होस्टलमा फेला परेको छ। विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका ३२ सुविधानगरको सम्पदा ब्वाइज होस्टलमा प्रहरीले खानतलासी गरी ती सामग्री बरामद गरेको हो।
सोही होस्टलको प्रयागमार्गबाट पनि प्रहरीले केही सामग्री बरामद गरेको छ। होस्टलबाट हत्कडी, लौरो र सशस्त्र प्रहरीको बडी प्रोटेक्टर बरामद गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रहरीले होस्टलका सञ्चालक गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएको छ ।