Connect with us

राजनीति

आयोगले आईजीपीसँग स्पष्टीकरण माग्यो, २४ घण्टाभित्र जवाफ दिनुपर्ने

Published

on

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपल्ट स्पष्टीकरण माग गरेको छ । यसअघि आयोगले प्रहरी प्रधान कार्यालयसँग भदौ २३ गते फिल्डमा खटिएका प्रहरी अधिकारीको रेकर्ड माग गरेको थियो ।

जवाफमा प्रहरी प्रधान कार्यालयले त्यस दिनमा जवानदेखि आईजीपीसम्मै फिल्डमा खटिएको जवाफ पठाएपछि आयोग रुष्ट बनेको स्रोतले जानकारी गराएको छ । प्रहरीको जवाफ चित्त नबुझेपछि प्रमुखलाई नै बोलाइएको स्रोत बताउँछ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले माग गरेको जवाफ प्राप्त नगरेको बताए । “ढिला गरेको भनेर फेरि स्पष्टीकरण माग गरेको हो,” उनले भने । प्रहरीको उपत्यका कार्यालयले विवरण पठाएको भए पनि प्रधान कार्यालयले नपठाएको स्रोतले जानकारी दियो ।

संसद् भवनको सुरक्षामा खटिएका कमान्डर र जवान तथा उपत्यका बाहिर खटिएका सबैको विवरण आयोगले माग गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.