Connect with us

अर्थ

एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, समर्थकहरूले उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै, अन्य दिनमा खेल हुँदा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । सिजन पासको १५ हजार रुपैयाँ तोकिएको छ ।

क्यानले खल्ती एपबाट टिकट काट्न सकिने जनाएको छ । प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.