Connect with us

समसामयिक

एनपिएलः पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

Published

on

काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन(२ मा प्लेअफमा प्रवेश गरेको छ । आज बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो ।

७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ पुगिसकेको छ । थप दुई टोली प्लेअफको दौडमा छन् । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए । बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.