Connect with us

समसामयिक

चितवन राइनोजको पहिलो जित

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । प्रतिस्पर्धी टिम कर्णाली याक्सले १६७ रनको लक्ष्य दिएकोमा राइनोजले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

कुशल मल्ल मार्की खेलाडी रहेको राइनोजको लागि रवि बोपाराले सन्तोषजनक ब्याटिङ गरे । ३५ बल खेलेका उनले तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । त्यस्तै, दिपक बोहराले ३८ बलमा ४२ रन बनाउँदा राइनोजलाई जित निकाल्न सहज बन्यो ।

कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा जारी खेलमा यसपछि विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.