कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मतकुमार कार्कीका दुई सहयोगी पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा मुख्यमन्त्री कार्कीका सल्लाहकार र स्वकीय सचिव पराजित भएका हुन् ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र स्वकिय सचिव कमल पौडेल झापा क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिका लागि पराजित भए । दुवै जना युवा कोटामा उम्मेदवार बनेका थिए ।