Connect with us

समसामयिक

नेपाल अमेरिकासँग पुनः पराजित

Published

on

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । जसदीप सिंहको बलमा उनी बोल्ड भए । दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए ।

भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले ९।५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.