नामुद बिचौलिया दिपक भट्टको सानेपा किरण भवनस्थित निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज अपरान्ह छापा मारेको छ । त्यसक्रममा ब्युरो टोलीले एउटा टाटा पिकअप भ्यानमा टन्नै शंकास्पद कागजात नियन्त्रणमा लिएको प्रहरी स्रोतबाट बुझिएको छ ।
स्रोतका अनुसार दुई दिनदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभाग घनिभूत रुपमा भट्टका आर्थिक अपराधसम्बन्धी विवरण संकलन गर्न लागिपरेका थिए ।
भट्टले प्रधानमन्त्री सुशीला कार्कीका छोरा, बुहारी र सम्धीमार्फत् आफूविरुद्धको अनुसन्धान रोकाउनसक्दो प्रयत्न गरेका थिए । भ्रष्टाचार विरोधको जगमा बनेको सुशीला कार्की सरकारमाथि बिचौलिया भट्ट अवैध आर्जनमाथि छानबिन गनृ जेनजीहरुले ज्ञापनपत्र नै बुझाएका थिए ।