Connect with us

अर्थ

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published

on

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले पेश्की रकम फिर्ता नगरी ४६ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सिना, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, अधिकृत महेन्द्रप्रसाद यादव, तत्कालीन लेखापाल तुल्सीराम पौडेल र लेखापाल गिरीराज गौतम छन् ।

मायादेवी गाउँपालिकाका अधिकृत ९छैठौँ० महेन्द्रप्रसाद यादवले विगतमा लिएको पेश्की रकम फछ्र्यौट नगरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले १४ लाख १० हजार रुपैयाँदेखि ४६ लाख ७ हजार ३०० रुपैयाँसम्म भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.