Connect with us

समसामयिक

सिड्नीबाट आयो एक महिनामै १० विद्यार्थीको शव

Published

on

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीमध्ये सिडनीबाट मात्रै पछिल्लो एक महिनामा १० जनाको शव नेपाल ल्याइएको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीले आत्महत्या गर्ने दर ह्वात्तै बढेको छ ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार सिडनीबाट पछिल्लो एक महिनामा १० ‘डेड बडी’ नेपाल पठाइएको छ । ती सबै २३ देखि ३० वर्ष उमेरका नेपाली विद्यार्थी हुन् । विश्वविद्यालयमा अध्ययन छाडेका, लागुपदार्थ दुर्व्यसनी, जुवातासमा रमाउन थालेका र ज्यादा महत्वाकांक्षाको कारण कतिपयमा नैराश्यता बढ्ने गरेको बताइन्छ ।

स्थानीय एक सञ्चार माध्यमसँगको कुराकानीमा उषाकिरणले भनेकी छन्, ‘विशेषगरी साथीभाइहरुसँग घुलमिल गर्न नचाहने भाइ बहिनीहरु त्यस्तोमा लागेको पाइएको छ ।’ जुवा खेल्ने, नपढ्ने, काम नगर्ने र नेपालबाट पैसा मगाउने प्रवृत्ति बढेको छ ।

पढाइ पूरा नभएको, व्यवहार बिग्रँदै गएको र नेपालमा पनि आफ्नो कारण परिवारलाई ऋण लागेको थाहा पाएपछि उनीहरु तनावमा पुग्ने गरेका छन् । यसपछि नेपाल फर्कन अप्ठेरो मान्दै एकपछि अर्को खराब संगतमा लागेको विभिन्न अध्ययनले देखाएको छ ।

लागुपदार्थ सेवन गर्ने, अध्ययन र काम ठप्प भएपछि उनीहरुको भिसाको स्टाटससमेत अवैधानिक हुन्छ । वर्षौैंदेखि नपढेर कलेजबाट बाहिर गएपछि रेल स्टेशन, सडकको किनारामा सुत्ने नेपाली विद्यार्थीको संख्या निकै छ ।
जनआस्था

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.