Connect with us

समसामयिक

फेरि पक्राउ परे पोखराका विवादित व्यवसायी युवराज खतिवडा, यस्तो छ कारण

Published

on

जुवा, बैंकिङ कसुर मुद्दामा यस अघि तीन पटक पक्राउ परिसकेका विवादित व्यवसायी युवराज खतिवडा अभद्र व्यवहार मुद्दामा फेरि पक्राउ परेका छन् । कूलमा उनलाई प्रहरीले चौथोपटक नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार, उनको क्राइम रेकर्ड सिस्टम (सीआरएस) मा यसअघि नै तीनवटा मुद्दा देखिएको छ ।

फेवातालको सिमसार क्षेत्र पुरेको भन्दै २०७८ भदौ २४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले सात दिन म्याद थप गरी उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको थियो । एक हप्ता थुनामा बसेर खतिवडा दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यसयता पनि उनी सिमसार पुर्न रोकिएनन् । पोखरा महानगर प्रहरीले २०८० फागुनमा सिमसार पुर्न प्रयोग भएका उनै खतिवडाका ट्रिपर नियन्त्रणमा लिएको थियो ।

त्यसपछि केही समय शान्त बसे पनि फेरि धन्दा दोहोर्‍याइरहने खतिवडा अभद्र व्यवहार मुद्दामा पुनः पक्राउ परेका छन्। उनीमाथि पाँचदिनको म्याद थप भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.