Connect with us

राजनीति

कांग्रेस महाधिवेशनबारे पाँच नेताको फरक मत

Published

on

नेपाली कांग्रेसको प्रस्तावित वैशाख २८-३१ को महाधिवेशन मितिमा पाँच नेताले फरक मत राखेका छन् । कांग्रेसले पुस २६-२८ गते १५ औं महाधिवेशन गर्ने तालिका परिवर्तन गरी वैशाख २८-३१ मा गर्ने पारित गर्दा तीन पदाधिकारीसहित पाँच नेताले फरक मत राखेका हुन् ।

फरक मत राख्ने नेताहरु हुन्, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर । त्यसैगरी कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका छन् । बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राखेको जानकारी दिएका थिए ।

थापाको भनाइ छ, ‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामीले फरक मत राख्यौँ तर प्रस्ताव बहुमतले पारित भयो ।’ उनीहरूले बैठकमा नियमित तालिका ल्याएपनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.