नेपाली कांग्रेसले पुस २६ देखि तय गरेको १५ औँ महाधिवेशन सर्ने भएको छ । कांग्रेसको सबैभन्दा विवादित क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने प्रवक्ता प्रकाशशरण महतले बताए ।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले भने, क्रियाशील सदस्यको संयोजक महामन्त्री गगन थापा हुनुहुन्छ । धेरै ठाउँमा सिरियल नम्बर भएका फाराम पठाइएकाले धेरै जिल्लामा फेरि फाराम पठाउनुपर्दा समयमा भरेर बुझाउन सकेका छैनन् । कतिपय जिल्लामा पार्टी कार्यालय जलेका छन् । तोकिएको मितिमा महाधिवेशन गर्न तदारुकता हुँदाहुँदै पनि सदस्यता नै नटुंगिदा प्रक्रिया अघि बढ्दैन । त्यसैले वडादेखिको कार्यतालिका प्रभावित हुने देखिएको छ ।’