नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साता प्रस्ताव गरिएको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा वैशाखको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्ताव गरिएको हो।
नयाँ प्रस्तावअनुसार वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव गरिएको छ । कांग्रेस महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विशेष महाधिवेशन आब्हान गरिसकेका छन् ।