Connect with us

राजनीति

राष्ट्रिय सभामा कांग्रेस सबैभन्दा ठूलो दल

Published

on

नेकपा दोस्रो, एमाले तेस्रो

विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ। आज आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट नौ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिलो दल बनेको हो।

एमाले र जसपासँग तालमेल गरेर कांग्रेसले १८ मध्य नौ सिट लिएको थियो, जसमध्यै सबै निर्वाचित भएका हुन्। अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।

त्यस्तै आजको चुनावबाट कतै उम्मेदवार जिताउन नसकेको नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा पुगेको छ। यसअघि नेकपा पहिलो दल थियो। नेकपाका नौ सदस्य आजबाट बिदा भएका छन्।

त्यस्तै एमाले ११ सिटसहित तेस्रो रहँदा राष्ट्रिय जनमोर्चका १ जना सांसद मात्रै रहेका छन्। राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने गर्छन्।

चक्रिय प्रणालीमा परिवर्तन हुने राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.