Connect with us

राजनीति

कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समिति बैठक

Published

on

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पर्सी वैशाख २१ (सोमबार) बस्ने गरी कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको दुलालले बताएका छन्। यद्यपि बैठकका एजेन्डाबारे र्आपचारिक जानकारी गराइएको छैन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.