Connect with us

समसामयिक

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

Published

on

नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ । घेवारचौरस्थित ओङ्दी शेर्पा र छोरो कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उनका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए । बाबुछोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुट्याउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो । उनको शरीमा चोटपटक केही नभएको हुँदा शवको परीक्षणपश्चात् मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उहाँका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पाले पक्राउ गरेको छ । प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.