Connect with us

राजनीति

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

Published

on

सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि पठाइएको स्रोतले बतायो । यसअघि यही १७ गतेदेखि आव्हान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै सरकारले स्थगन गराएको थियो ।

सरकारको सिफारिस पत्रपश्चात राष्ट्रपति कानुनी परामर्शमा रहेको शीतल निवास स्रोतले बतायो । संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले २ अध्यादेश ल्याउन लागेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.