सोलुखुम्बु थामेका कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा शिखर चुमेका छन् । यससँगै शेर्पाले शेर्पाले आफ्नै विश्वकिर्तिमानी रेकर्ड फेरि एक पटक तोडेका छन् ।
५६ वर्षीय अघि सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले आज बिहान १०ः१२ बजे धर्तीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई आफैंले उनीआवद्ध सेभेन समिट ट्रेकले जनाएको छ ।
शेर्पाले पहिलो पटक ३२ वर्ष अघि सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२६ सम्म आइपुग्दा शेर्पाले विश्वका पर्वतारोहीहरुलाई निरन्तर प्रेरित गर्दै सगरमाथा शिखरप्रति पुन विजय प्राप्त गरेका सेभेन समिट ट्रेकको भनाइ छ ।
सेभेन समिटले आफ्नो वालमार्फत लेखेको छ, ‘कामी रिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण नायक मात्र होइन, उहाँ सगरमाथाकै एक जीवित प्रतीकका रूपमा विश्वभर परिचित हुनुहुन्छ। उहाँको अदम्य साहस, अनुभव र निरन्तरताले हरेक वर्ष नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ। उहाँको सुरक्षित अवतरणको कामना गर्दै बेस क्याम्पसम्म सकुशल फर्किन शुभेच्छा व्यक्त गर्दछौँ। काठमाडौंमा पुनः स्वागत गर्न आतुर छौँ। 🙏’