नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरेका छन। ओलीले सचिवालय बैठक दुई दिन पछि सारेका छन् ।
ओलीले गएको अस्ति बिहीबार आज शनिबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेका थिए। तर, अन्तिम क्षणमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले आज हुने भनिएको बैठक पर्सी सोमबारका लागि सारिएको जानकारी दिएका छन् ।
‘भोलि जेठ ३ गते मदनआश्रित स्मृति दिवस कार्यक्रम व्यवस्थापनका लागि आजको बैठक स्थगित गरिएको हो,’ अधिकारीले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘बैठकमा सहभागी हुनुपर्ने नेताहरु आजैदेखि कार्यक्रमको तयारीमा लाग्नुपर्ने भयो । कतिपय साथी कार्यक्रमका लागि उपत्यका बाहिर पनि जानुपर्ने भएकाले आज हुने भनिएको बैठक सोमबारको लागि सारिएको हो।’