Connect with us

अन्तर्राष्ट्रिय

लेबनानमा इजरायलको जमिनी आक्रमण शुरु

Published

on

इजरायलले लेबनानमा जमिनी आक्रमण शुरु गरेको बताएको छ । इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण शुरु गरेको जानकारी दिएको हो । इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो । 

यस अघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो ।

इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारवाही आवश्यक रहेको बताउदै आएको छ ।

इजरायलले जमिनी आक्रमण शुरु गरेपछि यो लडाई लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन ।

इजरायलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शिर्ष नेता हसन नसरल्लाहसहित लगभग सबै शिर्ष कमान्डर मारिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.