Connect with us

अन्तर्राष्ट्रिय

हमासको भनाइः इजरायलको आक्रमणमा अहिलेसम्म ७० हजार प्यालेस्टिनी मारिए

Published

on

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलले गरेको हमलामा परी हालसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मारिएका कुल प्यालेस्टिनीको संख्या ७० हजार १०० पुगेको छ। जसमध्ये ३५० भन्दा बढी व्यक्ति गत अक्टोबर १० को युद्धविरामयता मारिएका हुन्।

सुरुमा हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। त्यसबेला हमासले इजरायलमा गरेको हमलाबाट १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको थियो। बन्धकमध्ये नेपाली विपिन जोशी पनि थिए, जो मारिइसकेको कुरा हालै पुष्टि भएको थियो।

गत अक्टोबर १० देखि इजरायल र हमासबीच युद्धविराम लागु भए पनि आक्रमण रोकिएको छैन। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाएका छन्। इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको जवाफमा आफूले आक्रमण गरेको दाबी गरेको छ। यसै क्रममा इजरायलले शनिबार पनि ड्रोन हमला गरेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.