Connect with us

अन्तर्राष्ट्रिय

इजरायलमा हमास आक्रमण रोक्न नसकेको भन्दै नौ शीर्ष सैन्य अधिकारी बर्खास्त

Published

on

इजरायलमा नौजना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बल (आईडीएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल अयल जामिरले यी अधिकारीहरूले हमासको आक्रमण रोक्न नसकेको निष्कर्षमा पुगेको बताए । सन् २०२३ को ७ अक्टोबरमा भएको हमासको आक्रमणमा १२ सयभन्दा बढी इजरायलीले ज्यान गुमाएका थिए ।

इजरायलमा हमास आक्रमणका सम्बन्धमा निष्पक्ष छानबिनको माग राख्दै अस्ति आइतबार देशभर प्रदर्शन भएको बताइएको थियो । प्रदर्शनमा करिब पाँच लाख मानिस सहभागी भएका थिए । प्रदर्शनपछि सरकारमाथि यी अधिकारीहरूलाई बर्खास्त गर्न दबाब बढेको उल्लेख गरिएको छ ।

आईडीएफ चिफ जामिरले आइतबार ती अधिकारीहरूलाई बैठकका लागि बोलाई उनीहरूको बर्खास्तगीसम्बन्धी निर्णय सुनाइएको बताएका थिए । यस क्रममा धेरै अधिकारीलाई कडा चेतावनीसमेत दिइएको बताइएको छ । उनले विज्ञहरूको अनुसन्धान प्रतिवेदनका आधारमा सम्बन्धित कमान्डरहरूविरुद्ध थप निर्णयहरू पनि लिइने संकेत गरेका छन् । रोचक चाहिँ यो छ कि बर्खास्त गरिएका धेरैजना अधिकारी पहिले नै सेनाबाट अवकाश लिइसकेका छन् ।
अलजजिरा

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.