Connect with us

समसामयिक

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

Published

on

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।

गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुन: निर्माण बारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.