Connect with us

राजनीति

राप्रपा केन्द्रिय कार्यसम्पादन बैठक आज पनि

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेका छलफलका एजेण्डामा बहस नसकिए पछि आज पनि बस्न लागेको हो । बैठक १ बजे बोलाइएको छ । 

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा हिजोबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार जारी बैठकमा पृथ्वी जयन्ती अर्थात एकता दिवस र पार्टीका विभिन्न कार्यविधि लगायत विधि विषयमा पनि निर्णय लिने तयारी रहेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.