आफूले आफैँलाई आगो लगाएको अवस्थामा फेला
रौतहटमा रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन् ।आफूले आफैँलाई आगो लगाएको अवस्थामा प्रमुख अभियुक्त लक्ष्मण पासवान पक्राउ परेका हुन् ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ स्थित माधवपुरको बाटोमा आफूले आफैंलाई आगो लगाएको अवस्थामा पासवान पक्राउ परेका हुन् स्थानीय एक युवाले आफूले आफैँलाई आगो लगाएर एक युवा घाइते भएको भन्दै प्रहरीमा खबर गरेका थिए । यसपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो ।
घाइते व्यक्ति रुबि हत्याकाण्डका प्रमुख अभियुक्त भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले जानकारी दिएका छन् ।
जलनबाट गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ की २६ वर्षीय रुबी कुमारी शाहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा फेला परेको थियो।
पासवान केही दिन अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।